जोडिनुहोस
  • होमपेज
  • एमाले संसदीय दलको बैठकमा शंकर पोखरेल र युवराज खतिवडा पनि

एमाले संसदीय दलको बैठकमा शंकर पोखरेल र युवराज खतिवडा पनि

काठमाडौं– नेकपा एमाले संसदीय दलको बैठक अहिले संसद् भवन नयाँबानेश्वरमा बसिरहेको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्‌मा उठाएको विषयमा छलफल चरिरहेको छ । यो बैठकमा एमालेले महासचिव शंकर पोखरेल र पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई पनि सहभागी गराएको छ। उनीहरू दुवैजना संघीय सांसदको भूमिकामा छैनन् ।

एमालेले यी दुवैजनालाई आगामी बजेट निर्माण र कांग्रेसले संसद्‍मा गरिरहेको अवरोधबारे छलफलका लागि सहभागी गराएको हो । खतिवडा एमालेका अर्थविज्ञ हुन् । सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १६ गते ल्याउँदैछ । त्यसअघि मंगलबार संघीय संसद्को दुवै सदनको बैठकमा नीति तथा कार्यक्रम पेश भएको छ ।

तर उक्त नीति तथा कार्यक्रम कांग्रेसको अवरोधका कारण संसद्‍मा टेबल हुन सकेको छैन । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति मागेकोबारे पनि बैठकमा कुरा हुँदैछ ।

सरकारले पेस गरेको नीति तथा कार्यक्रममा प्रभावकारी बनाउन पनि सांसदहरुले धारणा राख्दैछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका