जोडिनुहोस
  • होमपेज
  • एक करोड बढीको लगानीमा बाख्रापालन

एक करोड बढीको लगानीमा बाख्रापालन

बागलुङ। केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए। बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ। अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ।

यहाँका अधिकांश मानिस रोजागरीका लागि जापान गएका छन् भने बसाइँ सरेर चितवन पुगेका छन्। चौध वर्ष जापानमा काम गरेका एक युवक भने हाल गाउँमा बाख्रापालनमा व्यस्त छन्।

काठेखोला–५ कर्लिमका ४८ वर्षीय प्रेम कँडेलले फार्म खोलेर तीन सय ५० वटा बाख्रा पालेका छन्। उनले २०७९ साउनदेखि ८३ बाख्राबाट राखेर बाख्रापालन सुरु गरेका हुन्।

फार्ममा एक करोड ३५ लाख लगानी गर्नुभएका उनले त्यसका लागि एक हजार चार सय रोपनी बाँझो जग्गालाई प्रयोग गरेका छन्। उनको बाख्रा फार्ममा ८० वटा बोका बिक्रीयोग्य छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options