जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिलाई मार्सल लको सुझाव दिएको आरोप लागेपछि दक्षिण कोरियाका रक्षामन्त्रीको राजीनामा

राष्ट्रपतिलाई मार्सल लको सुझाव दिएको आरोप लागेपछि दक्षिण कोरियाका रक्षामन्त्रीको राजीनामा

काठमाडौं। बिहीबार दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले आफ्ना रक्षामन्त्री किम योङ–ह्युनको राजीनामा स्वीकार गरेका छन् । रक्षामन्त्रीले उनलाई मार्शल ल लागू गर्न सुझाव दिएका थिए।

किम योङ ह्युनले बिहीबार राजीनामा दिएका छन् र घटनाको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन् । किम योङ–ह्युन एक सेवानिवृत्त सेना जनरल हुन् र राष्ट्रपति युनसँग एउटै विद्यालयमा पढेका थिए।

सेप्टेम्बरमा सुनुवाईको क्रममा किमले देशमा असहमतिलाई दबाउन मार्शल ल लागू गर्न सकिन्छ भन्ने विपक्षीको आरोपलाई अस्वीकार गरे, यसलाई झुटो प्रचार भने।

रक्षा मन्त्रीको हैसियतमा किमले उत्तर कोरिया विरुद्ध कडा अडान लिएका थिए र संयुक्त राज्य अमेरिकासँग दक्षिण कोरियाको दीर्घकालीन गठबन्धनलाई बलियो बनाउने प्रयास गरेका थिए।

विपक्षी डेमोक्रेटिक पार्टीले किम योङ ह्युनलाई देशद्रोहको आरोपमा महाभियोग लगाउन माग गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help