जोडिनुहोस
  • होमपेज
  • अनसनरत डा. केसी अस्पताल भर्ना

अनसनरत डा. केसी अस्पताल भर्ना

काठमाडौं- गत २९ बैशाखदेखि अनसन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ ।

उनलाई बुधबार बेलुका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएको छ र उनको ग्लुकोजको मात्रा न्युन रहेको किटोन बडी बनेको बताइएको छ । यस्तै पिसाव नखुलेको र मुटुको चालमा उतारचडाव रहेको शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा. दिनेश काफ्लेले जानकारी दिए ।

अस्पताल आए पनि डा. केसीले आफ्नो अनसन जारी रहेको बताएका छन् । डा. केसीलाई अस्पतालको एनेक्स टू को ६०१ नम्बर क्याविनमा राखिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामासहित ४ बुँदे माग राख्दै डा.केसी गत २९ बैशाखदेखि पशुपतिको मृगस्थलिमा २२ औँ अनसन सुरु गरेका थिए ।

धेरै टिप्पणी गरिएका