जोडिनुहोस
  • होमपेज
  • सदनको अवरोध भोलि बिहानसम्म खुल्ने प्रधानमन्त्रीको दाबी

सदनको अवरोध भोलि बिहानसम्म खुल्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध भोलि बिहानसम्म खुल्ने बताएका छन् ।

उनले अवरोध खुलाउन विभिन्न दलहरुसंग छलफलहरू गरिरहेको भन्दै भोलि बिहानसम्म एउटा टुंगोमा पुग्ने बताए ।

शनिबार नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी जेठ १५ गते ल्याउन लागेको बजेट प्रभावित नहोस् भनेर आफ्नो सम्पूर्ण ध्यान सदन खुलाउनेतिर लागेको बताए ।

सत्ता पक्षका दलहरूसँग छलफल गर्नुपर्ने भन्दै उनले छोटो सम्बोधन गरेका हुन ।

 

 

धेरै टिप्पणी गरिएका