जोडिनुहोस
  • होमपेज
  • कांग्रेसको नाराबाजीबीच संसद्‍मा नीति तथा कार्यक्रम टेबल

कांग्रेसको नाराबाजीबीच संसद्‍मा नीति तथा कार्यक्रम टेबल

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजी आगामी आर्थिक वर्षका लागि गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रम संसद्‍मा टेबल भएको छ ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकको सुरुमै कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले सम्बोधन गरेका थिए । उनले समय लिएर बोलेलगत्तै सभामुख देवराज घिमिरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रम टेबल गर्न समय दिएका थिए ।

मर्यादापालकको सुरक्षाबीच प्रचण्डले रोस्टर्मममा पुगेर नीति तथा कार्यक्रम टेबल गरिसकेका छन् । सभामुख घिमिरले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पनि अघि बढाएका छन् ।

धेरै टिप्पणी गरिएका