काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै संसदीय समितिसँग साधन स्रोत पनि नहुने बताउँदै कांग्रेस यो माग गरेर फसेको बताएका छन् । उनले संसदीय समिति भन्दा न्यायिक समिति माग गरेको भए सही हुने बताएका छन् ।
उनले गृहमन्त्रीमाथि छानबिन नै नहुँदै दोषी ठहर गर्न नहुने भन्दै छानबिन शुरु भएपछि सम्बन्धित सबैसँग बयान लिने कार्य हुने बताए । उनले कांग्रेस एक कदम पछि हटेर संसद् अवरोध गर्ने काम बन्द गर्नुपर्ने बताएका छन् ।
काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै संसदीय समितिसँग साधन स्रोत पनि नहुने बताउँदै कांग्रेस यो माग गरेर फसेको बताएका छन् । उनले संसदीय समिति भन्दा न्यायिक समिति माग गरेको भए सही हुने बताएका छन् ।