
काठमाडौं – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सर्लाहीको बरहथवा नगरपालिका-४ मा साढे ३५ कठ्ठा जमिन रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
उप्रेतीले २५ तोला सुन र श्रीमतीको नाममा १६ लाख मूल्य पर्ने गाडी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।नेकपा (एमाले)का नेतासमेत रहेका मन्त्री उप्रेती सर्लाही-३ बाट विजयी सांसद् हुन् ।