जोडिनुहोस
  • होमपेज
  • भिम रावलको सरकारलाई प्रश्न – गृहमन्त्रीले कानून मिच्दा कसरी छुट हुनसक्छ ?

भिम रावलको सरकारलाई प्रश्न – गृहमन्त्रीले कानून मिच्दा कसरी छुट हुनसक्छ ?

काठमाडौं । एमाले नेता डा. भिम रावलले कान्तिपुर मिडियाका सिरोहियामाथि नागरिकता विवादमा प्रहरीले पक्राउ गरेपछि गृहमन्त्री रवि लामिछानेमाथि पनि दोहोरो नागरिकता र पासपोर्ट विवादमा छानबिन गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले समाजिक संजालमा लेखेका छन् , कैलाश सिरोहियाले नागरिकता कानून मिचेको भए कार्वाई हुनुपर्छ, गृहमन्त्रीले कानून मिच्दा कसरी छुट हुनसक्छ ? राज्यका जिम्मेवार पदमा बस्नेले कानून मिच्दा बढी दण्ड सजाय हुन्छ।

जब तथ्य र सत्यको जवाफ दिन सकिन्न झुठको खेती गर्नेहरू तिलमिलाउँछन् र गालिगलौजमा उत्रन्छन् । गृहमन्त्री रवि लामिछानेको एकै पटक नेपाली तथा अमेरिकी नागरिकता र राहदानी भएको र निज झण्डै एक अर्ब रुपैयाँ सहकारीको रकम ठगीमा संलग्न भएको भनी कान्तिपुरमा मात्र होईन सबैजसो समाचार माध्यममा छताछुल्ल भएपछि त्यसलाई छोप्न सकिन्छ कि भनी केहीले गालिगलौजको सहारा लिएको देखिन्छ ।

यस्तो पराजित मनस्थितिले रवि लामिछानेको बारेमा उठेका प्रश्नहरूको औचित्य अँझ स्पष्ट हुन्छ। कैलाश सिरोहियाले नागरिकता कानून मिचेका भए कार्वाई हुनुपर्छ । तर रवि लामिछानेले कानून मिच्दा छुट कसरी हुनसक्छ? राज्यका जिम्मेवार पदमा बस्नेले कानून मिच्दा बढी दण्ड सजाय हुने व्यवस्था छ ।

धेरै टिप्पणी गरिएका