
मुगुको ताल्चा विमानस्थलमा जहाजमा ठोक्किएर एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख वीरेन्द्र थापाका अनुसार ताल्चा विमानस्थल स्टेसन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् । सीता एयरको जहाजमा ठोक्किएर घाइट्टे भएका उनलाई सोही जहाजबाट उपचारका लागि नेपालगञ्ज लगिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ताल्चा कार्यालय स्रोतका अनुसार पाइलटले बोलाएपछि जहाज नजिकै जाँदा उनी चिप्लिएर लडेको पाइएको छ । जहाज स्टार्ट गर्ने समयमा पाइलटले जहाज नजिक स्टेशन प्रमुखलाई बोलाउँदा सो घटना भएको देखिएको छ ।