जोडिनुहोस
  • होमपेज
  • बालेनले केन्द्र सरकारलाई सम्झाए बजेट, कार्यान्वयनको सुरसार छैन

बालेनले केन्द्र सरकारलाई सम्झाए बजेट, कार्यान्वयनको सुरसार छैन

काठमाडौं– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले संघीय सरकारले घोषणा गरेको कार्यक्रम बिर्सिएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत बालेनले प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा बजेटमा उल्लेख गरेर पनि केन्द्र सरकारले बिर्सिएको बताएका हुन् ।

उनले आर्थिक वर्ष २०८०-०८१ को बजेट वक्तव्यको नीतिगत एवं कानुनी सुधार कार्यक्रममा, २०८१ वैशाख १ गतेदेखि प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइनेछ, भनेको भएपनि आज ज्येष्ठ महिनाको ११ गते भइसकेको र घोषणा गरेको कार्यक्रम कार्यान्वयनको कुनै सुरसार नभएको बताएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका