जोडिनुहोस
  • होमपेज
  • धावनमार्गमा ‘खाल्डो’ परेपछि त्रिभुवन विमानस्थल पौने घण्टालाई बन्द

धावनमार्गमा ‘खाल्डो’ परेपछि त्रिभुवन विमानस्थल पौने घण्टालाई बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा सानो आकारको खाल्डा परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा सानो आकारको खाल्डो परेपछि उडान अवतरण सबै बन्द गरिएको बताए ।

‘उडान सुरक्षाका लागि सबै उडान अवतरण बन्द गरिएको छ,’ झाले भने, ‘खाल्डो पुर्ने गर्ने काम भइरहेको छ । मर्मतपछि सुक्न समय लाग्ने भएकाले ४५ मिनेट सबै उडान अवतरण रोकेका छौं ।’

अहिले धेरै वायुसेवाका जहाज ललितपुरमाथि होल्ड गरिरहेका छन् । थाइल्यान्डको बैंककबाट आइरहेको थाई एयरवेजदेखि आन्तरिक उडान पनि होल्ड गरिरहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका