जोडिनुहोस
  • होमपेज
  • बुद्ध जयन्तीमा प्रचण्डबाबुको नयाँ कोशेली ‘तिम्रै याद आउँछ’ युट्युबमा

बुद्ध जयन्तीमा प्रचण्डबाबुको नयाँ कोशेली ‘तिम्रै याद आउँछ’ युट्युबमा

बुुद्ध जयन्तीको अवसर पारेर गायक प्रचण्डबाबु राईले आफ्नो नयाँ गित ‘तिम्रै याद आउँछ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । काठमाडौंको मध्यबानेश्वरमा आयोजित एक कार्यक्रमबिच गीतको अडियो र भिडियो सार्वजनिक गरिएको हो ।

माया र विछोडको संयोगलाई हरि लम्सालको शब्दले बुनेको छ । गितमा हरि लम्सालकै संगीत र एरेन्ज रहेको छ । गीतको भिडियोमा मोडेल साक्षी लम्साल, गायक प्रचण्डबाबु र सचिन बोगटीको अभिनय रहेको छ ।

टुवेल नोट्स युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा रोशन के श्रेष्ठको सीनेमाटोग्राफी, प्रविन मानन्धरको ड्रोन क्यामेरा र विकास धमलाको सम्पादन रहेको छ । प्रचण्डबाबुको गत बर्ष सार्वजनिक गीत ‘दिल खोलेर कुरा गरन’ निकै लोकप्रिय भएको थियो ।

प्रचण्डबाबु लामो समयदेखि सांगितिक क्षेत्रमा आवद्ध छन् । गायनको रुचीले २०५८ सालमा काठमाडौं आएका प्रचण्डबाबु यस अघि पनि केहि गित निकालेका छन् । उनको अमेरिकामा ब्रेकफाष्ट गरौला भन्ने गित समेत निकै चर्चित बनेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

प्रचलन खबर

धेरै टिप्पणी गरिएका