
काठमाडौं– पपुवा न्युगिनीको एक दुर्गम गाउँमा गएको भीषण पहिरोमा परी कम्तीमा १०० जनाको मृत्यु भएको आशंका गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तरपश्चिममा रहेको एङ्गा प्रान्तको काओकलम गाउँमा स्थानीय समयअनुसार शुक्रबार बिहान ३ बजे उक्त घटना भएको हो । मृतकको सङ्ख्या १०० भन्दा माथि पुगेको आशंका छ तर, अहिलेसम्म यकिन सङ्ख्या थाहा हुन नसकेको स्थानीय अधिकारीले बताएका छन् ।
घटनाबारे पोरगेरा वुमन इन बिजनेस एशोसिएसनका अध्यक्ष एलिजाबेथ लारुमाले भने, ‘मानिसहरु राति सुतिरहेको समय पहिरो गएको र पहिरोमा परी सबै गाउ भग्नावशेषमा परिणत भएको छ । पूरै गाउँ नै पहिरोले पुरिएको छ ।’
लारुमाले भने, ‘मेरो अनुमानमा जमिनमुनि करिब १०० भन्दा बढी मानिस पुरिएका छन् ।’