![जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ](https://sagarmatha.tv/wp-content/uploads/2024/05/arrest_1644395020.jpg)
पोखरा– जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी अन्नपूर्ण गाउँपालिका-३ धारापानी बस्ने ३७ वर्षीय बिपिन भन्ने केशव सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कास्कीको २०७९ माघ १० गतेको फैसलाले ११ महिना ८ दिन कैद सजाय, १५ हजार रुपैयाँ जरिवाना र ४ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले अन्नपूर्ण गाउँपालिका-१ नौडाँडाबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको छ ।