जोडिनुहोस
  • होमपेज
  • सकिएन सिरोहियाबारे अनुसन्धान, सरकारी वकिलले मागे थप ५ दिन म्याद

सकिएन सिरोहियाबारे अनुसन्धान, सरकारी वकिलले मागे थप ५ दिन म्याद

नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा लगिएको छ । मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई अदालतले शुक्रबार आज सम्म दिएको तीन दिनको म्याद सकिएको छ । यस्तोमा जिल्ला सरकारी वकिल कार्यालय धनुषाका प्रमुख सुदीप दंगालले सिरोहियाको केसमा अनुसन्धान नसकिएकाले थप ५ दिन म्याद मागिएको बताएका छन् । उनलाई बयान लिएर अनुसन्धानका लागि ५ दिन म्याद थप गर्न अदालतसँग माग गरिएको दंगालले खबरहबलाई बताए । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर म्याद थप गर्न अदालतमा ल्याइएको छ । सिरोहियाको पक्षमा बहसका लागि वरिष्ठ अधिवक्ता शम्भु थापासहित वकिलहरूको जम्बो टोली जनकपुरधाममा छ ।सिरोहियाको पक्षमा थापासँगै मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू सीताराम भट्टराई, शेरबहादुर केसी, रमन श्रेष्ठ, गोविन्द बन्दी र रमण कर्णसहितले जिल्ला अदालतमा बहस गर्ने भएका छन् । यसअघि मंगलबार काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गर्न थापाथली पुग्दा वरिष्ठ अधिवक्ता थापा नप तत्कालै पुगेका थिए ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका