जोडिनुहोस
  • होमपेज
  • सिङ्गापुर एअरलाइन्स टर्ब्युलेन्स- २० जना यात्रुको मेरुदण्डमा गम्भीर चोट, आईसीयूमा उपचार चल्दै

सिङ्गापुर एअरलाइन्स टर्ब्युलेन्स- २० जना यात्रुको मेरुदण्डमा गम्भीर चोट, आईसीयूमा उपचार चल्दै

सिङ्गापुर एअरलाइन्सको उडानमा टर्ब्युलेन्स अर्थात् हावामा अचानक हुने हलचलका कारण २० जना यात्रुको मेरुदण्डमा गम्भीर चोट लागेको पाइएको छ । थाइल्यान्डको बैंककमा रहेको समितिभेज श्रीनकरिन अस्पतालका प्रमुख अदिनुन कित्तिरतानापाइबूलले अहिले ती २० जना यात्रुको सघन उपचार कक्ष आईसीयू मा उपचार भइरहेको बताउनुभएको बीबीसीले जनाएको छ । अस्पतालमा भर्ना हुनेमा एक जना दुई वर्षका बालक पनि रहेका छन् । विमानमा रहेका ४६ यात्रुसहित चालक दलका दुई सदस्यको अहिले पनि उपचार चलिरहेको खबरमा उल्लेख छ । गएको मङ्गलवार बेलायतको लन्डनबाट सिङ्गापुरका लागि उडेको एउटा विमानमा टर्ब्युलेन्स उत्पन्न हुँदा एक जना यात्रुको ज्यान गएको थियो भने केही व्यक्ति घाइते भएका थिए । टर्ब्युलेन्सका कारण त्यो विमान आकाशमा अकस्मात् निकै तल पुग्दा विमानभित्र यात्रु र सामानहरू उछिट्टिएका थिए । त्यसपछि विमानले बैंककमा आकस्मिक अवतरण गरेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका