
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई लेखापरीक्षण प्रतिवेदन बुझाउने भएको छ ।
महालेखा परीक्षक तोयम रायासहित उच्च पदस्थ लेखापरीक्षण अधिकारीहरुको टोलीले अपरान्ह ३ बजे आर्थिक वर्ष २०७९/८० को लेखापरिक्षण प्रतिवेदन बुझाउने भएको हो । राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि महालेखा परीक्षकको कार्यालयले उक्त प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम छ ।