जोडिनुहोस
  • होमपेज
  • ‘द पोइट आइडल’को विजेता बने सिक्किमका सिमियोन

‘द पोइट आइडल’को विजेता बने सिक्किमका सिमियोन

काठमाडौं– कविताको टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल सिजन- २ को विजेता सिक्किमका कवि सिमियोन सुकिता राई बनेका छन् । उनले पुरस्कार बापत् नगद दश लाख पाउने भएका छन् । साथै, उनले एक किताब प्रकाशनमा लागि प्रकाशक ‘कथा लय‘सँग सम्झौता गरेका छन् ।

इमाडोलस्थित एड्भान्स स्टुडियो शनिबार साँझ प्रतिस्पर्धी मुस्कान पोखरेल, विजय लुइँटेल र मोहित जोशीलाई पछाडि प्रतिस्पर्धी उनी विजेता बनेका हुन् । अनलाइन भोटिङका आधारमा उनी विजेता घोषित भएका हुन् । जेठ १ गते देखि जेठ १२ गते साँझ ७ बजेसम्मका लागि भोटिङ खुला गरिएको थियो ।

फाइलमा फिल्म ‘पुजार सार्की’को कलाकारको टोलीको उपस्थिति थियो । नायक प्रदीप खड्काले कविता वाचन समेत गरेका थिए । यो प्रतियोगिता गत माघ २९ गतेबाट सुरु भएको हो । निर्णायकमा कवि विप्लव प्रतीक, उपेन्द्र सुब्बाका, निर्देशक एवं रंगकर्मी अनुप बराल र अभिनेत्री केकी अधिकारी थिए । कार्यक्रम सञ्चालकका रूपमा अभिनेता दिव्य देव पन्त थिए ।

प्रख्यात कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीको सम्झनामा भएको यस कार्यक्रमका निर्माता एवं निर्देशक क्षेत्रप्रताप अधिकारी कै छोरा अमनप्रताप अधिकारी हुन् । यस प्रतियोगिताको सिजन १ को विजेता पनि सिक्किमकी निलम राई हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका