
काठमाठौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकी छन् । उनलाई शनिबार दिउँसो विमानस्थलस्थित प्रहरीले पक्राउ गरेको हो ।
भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुनको औठी उनीबाट बरामद भएको हो । उनले बाह्य मुलुकबाट नेपाल आउने यात्रुको प्रयोग गरी भन्सार छलेर सुन ल्याएको प्रहरीको आरोप छ । उनलाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्याय पठाइएको छ ।