जोडिनुहोस
  • होमपेज
  • उपेन्द्रका दुवै रिट प्रधानन्यायाधीश श्रेष्ठ र न्यायाधीश मुसलमानको इजलासमा

उपेन्द्रका दुवै रिट प्रधानन्यायाधीश श्रेष्ठ र न्यायाधीश मुसलमानको इजलासमा

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राई नेतृत्वको समूहलाई दलको मान्यता नदिन मागसहित दायर गरेको रिट प्रधान्यायाधी विश्वम्भरप्रासाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ ।

यसअघि जेठ ८ मा न्यायाधीश मुसलमानले नै सुनुवाइ गर्दै यादवले दायर गरेका दुईवटा रिटको सुनुवाइ एकै ठाउँ राख्न आदेश दिएका थिए । त्यसपछि सोमबार सुनुवाइका लागि प्रधानन्यायाधीशसहितको इजलासमा उक्त रिटको पेशी तोकिएको हो । तर , यादवले दायर गरेका रिटको सुनुवाइ सोमबार हुने सम्भावना कम छ । यादवले दायर गरेका दुवै रिट सुनुवाइका लागि २६ औँ र २७ औँ नम्बरमा पेशी चढाइएको छ ।

यस्तोमा यी दुवै रिटको सोमबार सुनुवाइको सम्भावना न्यून छ । यदि प्राथमिकताक्रममा अघिल्ला दर्जनबढी रिटको सुनुवाइ रोकिए मात्रै यादवको रिटको पालो आउन सक्छ । यादवले सर्वोच्चमा दुईवटा रिट हालेका थिए । उनल पहिलो रिट दल विभाजन गर्ने अशोक राईको निर्णयलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध हालेका थिए ।

त्यस्तै दोस्रो रिटमा अशोक राई नेतृत्वको दलका ७ सांसदलाई विश्वासको मत दिनबाट रोक्न अन्तरिम आदेश माग गरेका थिए । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट जेठ ७ गते नै विश्वासको मत लिइसकेका छन्।

यसअघि यादवले राई नेतृत्वको दल दर्ता अवैधानिक भएको बताउँदै रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले दल दर्ता प्रक्रिया जहाँ पुगेको छ, त्यही अवस्थामा राख्न आदेश दिइसकेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका