जोडिनुहोस
  • होमपेज
  • गिरिबन्धु टि–स्टेटबारे कांग्रेस नेताहरुको अभिव्यक्तिमा एमालेको आपत्ति

गिरिबन्धु टि–स्टेटबारे कांग्रेस नेताहरुको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । गिरिबन्धु टि–स्टेट प्रकरणमा कांग्रेस नेताहरुले दिएको अभिव्यक्तिले नेकपा एमाले रुष्ट भएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, माओवादी र रास्वपा सहितको छलफलमा एमालेले यो विषय उठाएको छ । जहाँ एमाले नेताहरुले कांग्रेसको अभिव्यक्तिप्रति आपत्ति मात्रै जनाएन, लिखित रुपमा माफी माग्नुपर्ने बताएको छ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई जोगाएर गिरिबन्धु टि–स्टेट प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि जोगाउन खोजिएको टिप्पणी गरेका थिए । कांग्रेस कार्यकर्ताहरुले गरेको विरोध प्रदर्शनमा पनि ‘सहकारी ठग कहाँ छन् ? गिरिबन्धु जहाँ छन्’ नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

कांग्रेसले एमालेलाई अनावश्यक आरोप लगाएको भन्दै आपत्ति जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान बालुवाटारस्थित निवासमा बोलाएको बैठकमा पनि एमाले नेताहरुले यो विषय उठाएका थिए ।

बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले भने, ‘कांग्रेसले यी आरोपप्रति लिखित रुपमा क्षमा माग्नुपर्दछ । सार्वजनिक रुपमा माफी माग्नुपर्दछ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका