जोडिनुहोस
  • होमपेज
  • साउदी युवराजको पाकिस्तान भ्रमण स्थगित

अन्तर्राष्ट्रिय

साउदी युवराजको पाकिस्तान भ्रमण स्थगित

  • Sagarmatha TV
  • सोमवार, जेष्ठ १४, २०८१
साउदी युवराजको पाकिस्तान भ्रमण स्थगित

इस्लामावाद— साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदको बहुप्रतिक्षित पाकिस्तान भ्रमण फेरि स्थगित भएको छ। उनले मे १९ मा पाकिस्तानको भ्रमण गर्ने तय भएको थियो ।

पाकिस्तान सरकारले उक्त भ्रमणको लागि तयारी गरिरहेको छ । साउदी राजकुमार पाकिस्तानको राजनीतिक घटनाक्रमबाट धेरै चिन्तित देखिएका छन् । पछिल्लो समय देशको आन्तरिक मामिलामा साउदी अरेबियाको संग्लनता बारेमा बहस हुन थालेको छ ।

हालै पाकिस्तान तहरीक—ए—इन्साफ (पीटीआई) का नेता शेर अफजल मारवतले सार्वजनिक लेखा समितिको अध्यक्ष पदका लागि आफूलाई विचार नगर्नुको पछाडि साउदी प्रभाव रहेको बताएका थिए ।

गत महिना, मारवतले साउदी अरेबियाले इमरान खानको सरकारलाई हटाउनको लागि संयुक्त राज्यले गरेको शासन परिवर्तनको खेलमा सहभागी भएको दाबी गरेका थिए ।

अर्कोतर्फ, सरकारी स्रोतहरूले राजकुमारको पाकिस्तान भ्रमणलाई अन्तिम रूप दिनु अघि आर्थिक मोर्चामा केही बुँदाहरू छन् जुन दुबै पक्षहरू बीच स्पष्ट हुन आवश्यक रहेको बताउँछन्।

हालै पाकिस्तान भ्रमण गरेका साउदी लगानीकर्ता र व्यवसायीले केही आयोजनामा चासो राखेको तर सम्झौताको सर्त भने टुङ्गो नलागेको बताइएको छ।

पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ताले भ्रमणको परिमार्जित कार्यतालिकामा अझै काम भइरहेको बताए पनि स्रोतका अनुसार राजकुमारले हज र इद उल अधाको बिदाको लगत्तै जुनको तेस्रो साता पाकिस्तान भ्रमण गर्न सक्ने सम्भावना रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका