जोडिनुहोस
  • होमपेज
  • सडक काट्ने बालेनको कदमविरुद्ध उत्रिए न्यूरोडबासी

सडक काट्ने बालेनको कदमविरुद्ध उत्रिए न्यूरोडबासी

काठमाडौं- न्यूरोड क्षेत्रको सडक काटेर फुटपाथ फराकिलो बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्णयविरुद्ध आन्दोलन सुरु भएको छ ।
यही शनिबार न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकको दुवैतर्फ १ मिटर ४० सेन्टिमिटरदेखि २ मिटर ४० सेन्टिमिरटसम्म काटेर फुटपाथ बढाउन लागिएको थियो । तीन लेनको उक्त सडक बिनाप्राविधिक जाँच काटिएपछि सडक डिभिजन कार्यालय काठमाडौंले डोजरसहितका मेशिन नियन्त्रणमा लिएको थियो ।

सडक विभागको उक्त कदमले आक्रोशित मेयर साहको निर्देशनमा सडक विभाग र डिभिजन कार्यालय काठमाडौंमा धुलो पोखिएको थियो । तर अब मेयर साहको उक्त कदम अनुचित भएको भन्दै न्यूरोडबासीले सोमबार प्रदर्शन गरेका छन् । उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ मानव साङ्लो बनाएर कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।
नयाँ सडकलाई साँघुरो बनाउने महानगरपालिकाको योजनाको विरोधमा स्थानीयबासीले मानव साङ्लो बनाएर सांकेतिक प्रदर्शन गर्दा यातायातसमेत सामान्य प्रभावित भयो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका