जोडिनुहोस
  • होमपेज
  • परिवर्तनको लाभ तल्लो तहका जनतासम्म पुर्‍याउन प्रयासरत छु : प्रधानमन्त्री

परिवर्तनको लाभ तल्लो तहका जनतासम्म पुर्‍याउन प्रयासरत छु : प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएको बताएका छन्।

गणतन्त्र दिवस-२०८१ का अवसरमा शुभकामना दिँदै उनले समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको जनाएका छन्। गणतन्त्र अरूका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति पनि भएको उनको सन्देशमा उल्लेख छ।

गणतन्त्रको उपलब्धिका रूपमा जनताका प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको नेपालको संविधानबमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा रहेको उनले बताएका छन्। उनले यो व्यवस्थाले नेपालको संविधानबमोजिम समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माणका लागि दिशानिर्देश गरेको तर्क गरेका छन्।

प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनको लाभ तल्लो तहका जनतासम्म पुर्‍याउन सरकारले नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थामा समयानुकूल परिमार्जन गरी कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्।

विभिन्न समयमा भएका राजनीतिक आन्दोलन, जनयुद्ध, २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलनसहितका आन्दोलन तथा सङ्घर्षका शहीदको स्मरण गर्दै प्रधानमन्त्रीले उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका