
काठमाडौं– महिला ट्राफिक प्रहरीले अबदेखि महिनावारीको चार दिन सडकमा ड्युटी गर्न नपर्ने भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आज सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको अवसरमा सुभकामना दिँदै ट्राफिक महिलाहरुले महिनावारीको चार दिन सडकमा ड्युटी गर्नु नपर्ने जनाएका हुन् ।
गृहमन्त्री लामिछानेले त्यसको साटो मादक पदार्थ सेवन (मापसे) गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम्सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ।’