जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेल गणतन्त्र दिवस समारोहमा सरिक

राष्ट्रपति पौडेल गणतन्त्र दिवस समारोहमा सरिक

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवस समारोहमा सरिक भएका छन् ।

काठमाडौंको टुँडिखेलमा मूल समारोह समितिले गणतन्त्र दिवस– २०८१ को अवसरमा सैनिक मञ्च टुडिखेलमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति पौडेल सरिक भएका हुन् । सो अवसरमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री एवम् मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख, मन्त्रीसहित उच्च सरकारी अधिकारी, लब्धप्रतिष्ठत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी तथा उपत्यकाका महानगर एवं नगरपालिकाहरूले विभिन्न सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरेको थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका