जोडिनुहोस
  • होमपेज
  • सर्‍यो मन्त्रीपरिषद् बैठक र बजेट भाषणको समय

सर्‍यो मन्त्रीपरिषद् बैठक र बजेट भाषणको समय

संघीय सदनका संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा) दुई घन्टा पछि सरेको छ।

बजेट वक्तव्य पेस गर्नका लागि संयुक्त सदनको बैठक मंगलबार दिउँसो १ बजेलाई बोलाइएको थियो। मन्त्रिपरिषद्को बैठक बसेर बजेट पारित गर्नुपर्ने भएकाले सरकारको अनुरोधमा संयुक्त बैठक दुई घन्टा पछि सारिएको संसद् सचिवालयले जानकारी दिएको छ।

बजेट पेस गर्ने संयुक्त सदनको बैठक मंगलबार अपराह्न ३ बजे बस्नेछ। बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक भने दिउँसो २ बजे बोलाइएको छ। सरकारले मंगलबार आर्थिक वर्ष २०८१/०८२को बजेट सार्वजनिक गर्दैछ। सरकारले आगामी आर्थिक वर्षका लागि करिब १९ खर्बको बजेट ल्याउँदैछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका