जोडिनुहोस
  • होमपेज
  • १४ लाख बढी बालबालिकालाई आईपीभी खोप लगाउने लक्ष्यसहित अभियान जारी

१४ लाख बढी बालबालिकालाई आईपीभी खोप लगाउने लक्ष्यसहित अभियान जारी

काठमाडौँ । देशभर १४ लाख बढी बालबालिकालाई आईपीभी खोप लगाउने लक्ष्यसहित अभियान जारी छ । सरकारले मुलुभर १४ लाख ६२ हजार ७ सय १२ बालबालिकालाई आईपीभी खोप लगाउने लक्ष्यसहित ‘आईपीभी खोप अभियान २०८१’ जारी छ ।

सो अभियानमार्फत २०७३ साल वैशाख महिनादेखि २०७५ साल आश्विन महिनासम्म जन्मिएका बालबालिकाले खोप लगाउन सक्ने जनाएको छ । यो अभियान आगामी २६ गतेसम्म देशभरि जारी रहने छ । पोलियोमाईलाईटिस पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । सो बच्नका लागि आईपीभी खोप लगाउनु पर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ । पोलियो भाइरसले सङ्क्रमण गरेका धेरैजसो व्यक्तिहरूमा यो रोगका कुनै पनि लक्षणहरू नदेखिए पनि ती व्यक्तिबाट अरू व्यक्तिलाई यो रोग सर्ने सम्भावना हुन्छ । यो रोग लागेको व्यक्तिलाई पक्षाघात हुनुका साथै कसैको मृत्यु पनि हुन सक्ने बताइएको छ ।

पोलियो रोग लागेमा यसको कुनै निश्चित औषधी उपचार हुँदैन । त्यसैले यो रोग लाग्नबाट सुरक्षित हुनको लागि पोलियो खोप अनिवार्य लगाउनुपर्ने महाशाखाले जनाएको छ । पोलियो विरुद्धको खोप दुई प्रकारका हुन्छन् । ती मध्ये एउटा खोप मुखबाट खुवाइन्छ भने अर्को खोप सुईबाट दिइन्छ । सुईबाट दिइने पोलियो विरुद्धको औषधिको अभियान हाल देशभर नै जारी छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका