
काठमाडौं- घरजग्गासहितका सम्पत्तिको स्वामित्वमा ३३ प्रतिशत महिलाले पहुँच बनाएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको बजेटमा उक्त कुरा उल्लेख छ । मन्त्री पुनले घर जग्गामा महिलाको स्वामित्व ३३ प्रतिशत पुगेको बताउँदै २४ हजार १५२ पिछडिएका क्षेत्रका व्यक्ति पनि निजामती सेवामा प्रवेश गरेको उल्लेख गरे ।