जोडिनुहोस
  • होमपेज
  • द्रूत गतिको इन्टरनेट सेवाको लागि ५९ करोड बजेट

द्रूत गतिको इन्टरनेट सेवाको लागि ५९ करोड बजेट

काठमाडौं–अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा उच्च गतिको इन्टरनेट सेवाको लागि ५९ करोड विनियोजन गरेका छन् ।

मन्त्री पुनले संघीय सदनमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट भाषणा उक्त कार्यक्रम घोषणा गरेका हुन् ।चालु आर्थिक वर्षमा इन्टरनेको पहुँच द्रूत गतिमा पुराउने लक्ष लिएको थियो । निर्वतमान अर्थमन्त्री डा. प्रकाशरण महतले प्रतुत गरेका चालु आवको बजेटमा उच्च क्षमताको अप्टिकल फाइबरमार्फत ईन्टरनेट ब्रोडब्याण्ड सेवा सबै स्थानीय तहका केन्द्र, सार्वजनिक विद्यालय एवम् क्याम्पस र स्वास्थ्य संस्थामा पुर्‍याइने भनिएको थियो ।

त्यस्तै मुलुकभर द्रूत गतिको इन्टरनेटको पहुँच पुर्‍याउन फोरजी सेवा विस्तार गरिने समेत घोषणा महतले गरेका थिए ।हाल ब्रोडव्याण्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्दमसम्म पुगेको चालु आवमा अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

इन्टरनेट ५ हजार ९५१ वडा केन्द्रमा, ४ हजार २७२ स्वास्थ्य केन्द्र र ५ हजार ३४१ सामुदायिक माध्यमिक विद्यालयमा सेवा विस्तार भएको सर्वेक्षणमा उल्लेख छ ।

धेरै टिप्पणी गरिएका