जोडिनुहोस
  • होमपेज
  • सरकारले गाँजा खुलाउने, घरेलु मदिरा ब्रान्डिङ गर्ने

सरकारले गाँजा खुलाउने, घरेलु मदिरा ब्रान्डिङ गर्ने

काठमाडौं- सरकारले नेपालमा प्रतिबन्धित अवस्थामा रहेको गाँजा खुलाउने गरी कानुन बनाउने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेत संसद्मा प्रस्तुत गर्ने क्रममा हाल प्रतिबन्धित अवस्थामा रहेको गाँजा खुलाउने गरी कानुन बनाउने कुरा बताएका हुन् । त्यसैगरी मन्त्री पुनले घरेलु मदिरा ब्रान्डिङका लागि आवश्यक काम थाल्ने बताए । उनले त्यसका लागि आवश्यक परेमा कानुनसमेत बनाउने योजना बजेट भाषणका क्रममा सार्वजनिक गरे ।

घरेलु मदिरा र गाँजा दुवैलाई अवैध भन्दै प्रहरीले नष्ट गर्ने गरेको छ । गाँजा खुलाउन प्रदेशदेखि संघीय सांसदले पनि दबाब दिँदै आएका छन् ।

किरात राई, लिम्बु र मगरसहितका आदिवासी जनजातिहरूले घरेलु मदिरालाई ब्रान्डिङ गर्न नसक्दा बजार पाउन सकेको छैन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका