
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन गरेका छन् ।
मन्त्री पुनले संघीय सदनमा प्रस्तुत गरेको बजेट भाषणमा उक्त बजेट विनियोजन गरेको घोषणा गरेका हुन् । चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेका निर्वतमान अर्थमन्त्री डा प्रकाशशरण महतले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु ८ अर्ब ७१ करोड विनियोजन गरेका थिए ।