जोडिनुहोस
  • होमपेज
  • आगामी वर्ष ‘जन्मस्थलमा गैरआवासीय नेपाली अभियान’ चलाइने

आगामी वर्ष ‘जन्मस्थलमा गैरआवासीय नेपाली अभियान’ चलाइने

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा ‘जन्मस्थलमा गैरआवासीय नेपाली अभियान’ सञ्चालन गरिने बताएका छन् ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले ‘विदेशको आम्दानी, स्वदेशको लगानी’ अन्तरगत गैरआवासिय नेपालीको पूँजी, प्रविधि र सीपलाई मातृभूमीसँग जोड्न ‘जन्मस्थलमा गैरआवासिय नेपाली अभियान’ सञ्चालन गरिने बताएका हुन् । उनले भने, ‘विदेशको आम्दानी, स्वदेशको लगानीअन्तरगत गैरआवासीय नेपालीको पूँजी, प्रविधि र सीपलाई मातृभूमिसँग जोड्न जन्मस्थलमा गैरआवासिय नेपाली अभियान सञ्चालन गरिने छ ।’

मन्त्री पुनले गैरआवासीय नेपालीद्वारा स्थापित ‘एनआरएन डेभलपमेन्ट फन्ड’ को उपयोग र लगानीका थप अवसर प्रवर्द्धन गर्न सहजीकरण गरिने पनि बताए ।

उनले गैरआवासीय नेपालीका सन्ततिलाई नेपालको भूगोल, कला र संस्कृतिसँग परिचित हुन पुर्ख्यौली थलोमा भ्रमण गर्न आह्वानसमेत गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका