जोडिनुहोस
  • होमपेज
  • दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड विनियोजन

दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड विनियोजन

काठमाडौं– आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटले दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले दिवा खाजाको लागि ८ अर्ब ३९ करोड विनियोजन बजेट विनियोजन गरेका छन् । चालु आर्थिक वर्षको बजेटले पनि दिवा खाजाको लागि ८ अर्ब ४५ करोड बजेट विनियोजन भएको थियो । निर्वतमान अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटले दिवा खाजाको कार्यक्रमलाई निरन्तर्ता दिँदै बजेट विनियोजन गरेका थिए ।

महतले प्रस्तुत गरेको बजेटले दिवा खाजामा जंक फुड दिन नपाइने व्यवस्था गरिएको थियो । दिवा खाजामा स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने बजेट भाषणमा प्रस्तुत गरेका थिए । चालु आवमा उक्त कार्यक्रमबाट करिव ३२ लाख विद्यार्थी लाभान्वित हुने महतले अनुमान गरेका थिए ।

धेरै टिप्पणी गरिएका