जोडिनुहोस
  • होमपेज
  • लोककल्याणकारी विज्ञापनलाई निरन्तरता, चलचित्र पर्यटनलाई बजेट

लोककल्याणकारी विज्ञापनलाई निरन्तरता, चलचित्र पर्यटनलाई बजेट

काठमाडौं–सरकारले सञ्चारमाध्यमलाई दिइने लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिएको छ ।

त्यसैगरी चलचित्र पर्यटन र छायांकन हव बनाउने कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमा राखिएको छ । संघीय संसद्‍मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ती कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

‘सञ्चारमाध्यमलाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिएको छु’, मन्त्री पुनले भने । हुलाक सेवालाई पुनर्संरचना गरिने कार्यक्रमले पनि निरन्तता पाएको छ ।

सार्वजनिक-निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो कार्यक्रमले निरन्तता पाएको छ । जुन अघिल्ला अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटमा पनि थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका