
काठमाडौं– सरकारले बझाङको साइपाल गाउँपालिकामा बैंक स्थापना गर्ने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय सांसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । उनले भने, बैंकिङ सेवामा विश्वसनीयता बढाउने र बैक नपुगेको बझाङको साइपाल गाउँपालिकामा बैकको शाखा स्थापना गर्ने बताए ।