जोडिनुहोस
  • होमपेज
  • इजरायली ट्याङ्कहरूद्वारा रफाहको अल-अवदा कब्जा

इजरायली ट्याङ्कहरूद्वारा रफाहको अल-अवदा कब्जा

गाजा । इजरायली ट्याङ्कहरूले रफाहको अल-अवदा कब्जा गरेका छन्। रफाहका स्थानीय पत्रकारहरूले यसको पुष्टि गरेका छन्। अल-अवदालाई रफाह सहरको मुटु भनिन्छ र बैंक, सरकारी संस्था र व्यापारको दृष्टिकोणबाट धेरै महत्त्वपूर्ण छ।

इजरायली सेनाले प्यालेस्टाइन-इजिप्ट सीमाको दक्षिणी भागमा करिब आधा किलोमिटर क्षेत्र कब्जा गरेको हो । सहरको पश्चिमी भागमा रहेको एमिराती अस्पतालमा आफ्नो परिवारसँग आश्रय लिएका एक स्थानीयले सैनिकहरूले भवनहरूमाथि कब्जा गरेका छन् र आवतजावत गर्नेमाथि गोली हानिरहेका छन्।  हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली आक्रमणमा गत २४ घण्टामा ४६ प्यालेस्टाइनीको मृत्यु भएको र ११० जना घाइते भएको बताएको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३६,०९६ प्यालेस्टाइनीको मृत्यु भएको छ।इजरायली सेनाले रफाह सहरबाहेक उत्तरी र मध्य गाजामा पनि सैन्य कारबाही गर्ने पुष्टि गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका