
काठमाडौं – दशरथ रंगशालामा हुने भनिएको नेपाल र युएईको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको छ ।
यही जेठ २४ गते नेपाल र युएईबिच हुने दोस्रो राउण्डको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको हो । दशरथ रंगशालाको संरचना र भौतिक पूर्वाधारको विषयमा एसियाली फुटबल महासघंले प्रश्न उठाएपछि घरेलु मैदानमा हुने भनिएको प्रतिस्पर्धा साउदीमा हुन लागेको हो ।
फुटबल महासंघले मैदानको अवस्था, फ्लडलाइट र समग्र प्राविधिक र भौतिक सुरक्षामाथि नै प्रश्न उठाएपछि खेल हुन नसकेको हो। जेठ २४ गते हुने खेल साउदीको दमामामा रहेको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा स्थानीय समय अनुसार साँझ ७ बजे हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।