जोडिनुहोस
  • होमपेज
  • अर्थमन्त्री पुनको पत्रकार सम्मेलनमा गभर्नर अधिकारी पनि उपस्थित

अर्थमन्त्री पुनको पत्रकार सम्मेलनमा गभर्नर अधिकारी पनि उपस्थित

काठमाडौं – मंगलबार संसद्‍को दुवै सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका अर्थमन्त्री वर्षमान पुनले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दैछन् ।

जेठ १५ मा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका उनले बुधबार पत्रकार सम्मेलन गर्न लागेका हुन् । यो पत्रकार सम्मेलनमा उनले त्यही बजेटबारे जानकारी दिन लागेका हुन् ।

खर्च क्षमताभन्दा झण्डै डेढ खर्ब रुपैयाँभन्दा बढी आकारको बजेट ल्याएको भन्दै आर्थिक मामिलाका जानकारले आलोचना गरिरहँदा अर्थमन्त्रीले पत्रकार सम्मेलनमार्फत त्यसको जवाफ पनि दिँदै छन् ।

अर्थमन्त्रीले डाकेको पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंककका गभर्नर डा. महाप्रसाद अधिकारी पनि उपस्थित भएका छन् । पुनले ल्याएको बजेटबारे मिश्रित प्रतिक्रिया आएको छ । प्रमुख प्रतिपक्षीले उत्साह जगाउन नसक्ने बताइरहँदा निजीक्षेत्रले केही आशा देखाएको टिप्पणी गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका