जोडिनुहोस
  • होमपेज
  • आर्थिक सुधारका लागि आयोग नै गठन गरेर कम गर्छौँ : अर्थमन्त्री

आर्थिक सुधारका लागि आयोग नै गठन गरेर कम गर्छौँ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले नेपालको आर्थिक सुधारका लागि आयोग नै गठन गरेर कम गर्ने बताएका छन् ।

बुधबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो जानकारी दिएका हुन् । धेरै तथ्य निरीक्षण गरेर, धेरै कुरा अनुसन्धान गरेर मात्र बजेट प्रस्तुत गरेको उनको दाबी छ । पुनले निजी क्षेत्रसँग मिलेर बन्द भएका विभिन्न उद्योग पनि सञ्चालन गर्ने बताए । देशमै विकल्प हुँदाहुँदै पनि बाहिर जाने जनशक्ति र प्रविधिलाई रोक्न आशा जगाउने काम गरिरहेको उनले बताएका छन् ।

अहिले नेपालमा नयाँ चरणको सुधार आवश्यक भएकाले त्यसतर्फ सरकारको विशेष ध्यान गएको उनले बताएका छन् । चालु वर्षको बजेटमा सबै प्रक्षेपणहरू नमिलेकाले त्यसलाई मिलाएर र लक्ष्यपरक बनाउने उनले प्रतिबद्धता जनाएका छन् । अहिलेको बजेटले प्रदेशहरूलाई प्रतिस्पर्धात्मक ढंगले अगाडि बढाउने लक्ष्य रहेको उनले बताएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका