जोडिनुहोस
  • होमपेज
  • विद्युतीय गाडीको करबारे अर्थको जवाफ : आर्थिक विचलन देखिएपछि बढाउनु पर्‍यो

विद्युतीय गाडीको करबारे अर्थको जवाफ : आर्थिक विचलन देखिएपछि बढाउनु पर्‍यो

काठमाडौं- सरकारले विद्युतीय गाडीमा लगाइएको करमा विचलन देखिएपछि बढाउन बाध्य भएको जवाफ दिएको छ।

बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तरक्रियाका क्रममा राजस्व सचिव राजन घिमिरले धेरै विचलन देखिएकाले विद्युतीय गाडीको कर बढाउनुपरेको जजाफ दिए ।

आर्थिक वर्ष २०८१/८२ को बजेटबारे आयोजित अन्तरक्रियाका क्रममा घिमिरेले सुरुमा उत्साहित भएर घटाए पनि हेरफेर गर्न बाध्य हुनुपरेको उल्लेख गरे । ‘ईभीमा कर विचलन नै देखियो, त्यसैले बढायौं । सुरूमा उत्साही भएर घटायौँ । बीचमा हेर्नु पर्ने नै थियो’, उनले भने, ‘राज्यले ईभीलाई दिएको प्राथमिकतामा तलमाथि हुँदैन । कर विचलन मात्रै नियन्त्रण गर्न खोजेका हौं ।’

धेरै टिप्पणी गरिएका