
काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानका केन्द्रीय सदस्य नवीन ढकाल जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश छन् । ढकाललाई पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले खादा तथा अबिर लगाएर स्वागत गरेका हुन् ।
सो अवसरमा पार्टीका कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी, राजनीतिक समिति सदस्य अर्जुन थापा, राजनीतिक समिति सदस्य एवं पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतलगायतका नेताहरू उपस्थित रहेका थिए ।