जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • कम्युनिस्ट पार्टीले नै महिलालाई अगाडि सारेको हो : उपाध्यक्ष शाक्य

कम्युनिस्ट पार्टीले नै महिलालाई अगाडि सारेको हो : उपाध्यक्ष शाक्य

काठमाडौं– नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कम्युनिस्ट पार्टीले नै महिलालाई अगाडि सारेको बताएकी छन् ।

एमाले महिला राष्ट्रिय भेलालाई सम्बोधन गर्दै शाक्यले विभिन्न समयमा कम्युनिस्ट पार्टीले महिलाको मुद्दालाई अगाडि ल्याएको स्मरण गरेकी हुन् । उनले भनिन, ‘कम्युनिस्ट पार्टी स्थापनाबाट नै महिलालाई अगाडि बढाएको छ । मोतिदेबिलाई २००६ सालमा नै पार्टी स्थापनामा समेटिएको थियो । त्यहाँबाट नै महिला सहभागी सुरु भएको छ। ३७ सालमा अपानी ८ मा महिला सहभागिता उल्लेख गरेको छ । ३७ सालमा नै ७ सदस्य अखिल नेपाल महिला संघ स्थापना गरेको छ । ४९ सालमा एमाले पाचौँ महाधिवेशनमा पनि कमिटीमा पनि महिलाको विषय समेटिएको छ ।’

उनले पैत्रिक सम्पत्तिमा महिलाको हक लाग्ने विषय एमाले उठाएको बताइन् । ४९ सालमा ३३ प्रतिशत महिला सहभागी पुर्‍याउँदै जाने उल्लेख गरेको बताइन् । ६२ सालमा पार्टी केन्द्रिय कमिटी बैठकमा पनि पार्टीले विभिन्न मुद्दा अगाडि सारेको र अन्य पार्टीले पनि त्यसलाई अंगीकार गरेको बताइन ।

४ वटा विषय प्रस्तावको रुपमा अगाडि सारेको बताइन् । उनले महिलालाई समानुपातिक हैन प्रत्यक्ष नै सहभागी गराउन नेतृत्व तयार हुनुपर्ने बताइन । यसका लागि एमालेले छलफल चलाउनुपर्ने बताइन् ।

उनले भनिन , ‘राजनीतिक प्रशिक्षणको जरुरी छ । भोलि खुलेर बोल्नुहोला ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका