जोडिनुहोस
  • होमपेज
  • बेल्जियममा नेपाली ‘फुड फेस्टिबल’ सम्पन्न

बेल्जियममा नेपाली ‘फुड फेस्टिबल’ सम्पन्न

बेल्जियम– नेपाली खानालाई युरोपमा चिनाउने उद्देश्यले नेपाली ‘फुड फेस्टिबल’ अर्थात खाना महोत्सव सम्पन्न भएको छ । साथै महोत्सवले नेपालमा पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने आयोजकको अपेक्षा राखेको छ ।

महोत्सवमा नेपालका विभिन्न भेगमा खाइने थरीथरीका खानाका परिकार १४ वटा खानाका स्टलहरू राखिएको थियो । त्यस्तै, नेपाली हस्तकलाका सामग्रीका दुई वटा स्टलहरू थिए ।

बेल्जियम व्यवसायी संघका महासचिव जगदिश सापकोटाका अनुसार फेस्टिबलमा विदेशीलाई नेपाली खाना पकाउन प्रयोग हुने भाँडाकुँडा र मसलाबारे जानकारी दिइएको बताए ।

उनले लुभेनमा १७० भन्दा बढी देशका मानिसहर बस्दै आएको भन्दै नेपालीसँग झनै घनिष्ट सम्बन्ध रहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका