जोडिनुहोस
  • होमपेज
  • सन् २०२३ मा विश्वभर साढे ११ सय जनालाई मृत्युदण्ड

सन् २०२३ मा विश्वभर साढे ११ सय जनालाई मृत्युदण्ड

काठमाडौँ । विश्वभर सन् २०१५ पछि सबैभन्दा धेरै मृत्युदण्ड सन् २०२३ मा दिइएको एक तथ्यांकले देखाएको छ । एम्नेस्टी इन्टरनेशनलले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वभर मृत्युदण्डको सजाय दिइएकोमध्ये सन् २०२३ मा सन् २०१५ यताकै सबैभन्दा ठूलो संख्या छ ।

सन् २०१५ मा १ हजार ६३४ जनालाई मृत्युदण्ड दिइएको थियो भने सन् २०२३ मा एक हजार एक सय ५३ जनालाई मृत्युदण्डको सजाय दिइएको एम्नेष्टीले जनाएको छ । प्रतिवेदनअनुसार सन् २०२३ मा विश्वभर मृत्युदण्डको सजाय ३० प्रतिशतले वृद्धि भएको हो । सो वर्ष मृत्युदण्ड दिइएका मध्ये सबैभन्दा बढी इरानमा ८५३ जना छन् । जसमा २४ महिला र ५ बालबालिका समेत रहेका छन् ।

त्यस्तै, चीनमा पनि हजारौँ मानिसलाई मृत्युदण्डको सजाय दिइएको छ । तर चीनले भने आधिकारिक तथ्याङ्क नदिँदा प्रतिवेदनमा समावेश गर्न नसेकेको एम्नेष्टीले जनाएको छ ।

एम्नेष्टी इन्टरनेशनलका महासचिव आग्नेस कालामारले इरानमा मानव जीवनको घोर उपेक्षा रहेको टिप्पणी गरेकी छन् । ‘मान्छेको जीवनको मूल्य हुनुपर्छ । तर इरानमा त्यस्तो छैन, त्यहाँ स–सानो विषयमा पनि मृत्युदण्ड दिइएको पाइएको छ,’ उनले भनिन् । प्रतिवेदनअनुसार त्यहाँ विशेष गरी गरिब बलुच समुदायका मानिसहरूलाई भेदभावपूर्ण तरिकाले मृत्युदण्ड दिइएको छ । इरानापछि धेरै मृत्युदण्ड दिनेमा साउदी अरेबिया, सोमालिया र अमेरिका छन् । अमेरिकामा दुई वर्षमा ४२ जनालाई मृत्युदण्ड दिइएको छ । तर अमेरिकामा भने मृत्युदण्डको सजाय कम हुन थालेको छ । अमेरिकामा सन् २०२२ मा १८ जनाले मृत्युदण्ड पाएका थिए भने सन् २०२३ मा २४ जनालाई मात्रै मृत्युदण्ड दिइयो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका