जोडिनुहोस
  • होमपेज
  • महिलामाथि सामूहिक बलात्कार आरोपमा ४ जना पक्राउ

महिलामाथि सामूहिक बलात्कार आरोपमा ४ जना पक्राउ

काठमाडौं। पर्वतमा महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा चारजना पक्राउ परेका छन् । राति महिलाको घरको कोठामा प्रवेश गरी सामूहिक रूपमा बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जलजला गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दी बेनी नगरपालिका(४ का ३६ वर्षीय कुशल मल्ल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक भवन बरामले बताए । उनका अनुसार त्यस दिन ती महिलाका श्रीमान् घरमा नभएको मौका पारेर उनीहरू कोठामा प्रवेश गरेका थिए ।

चारै जनालाई सोही दिन नै पक्राउ गरी जबर्जस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । पर्वत जिल्ला अदालतबाट पहिलोपटक सात दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बरामको भनाई छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका