जोडिनुहोस
  • होमपेज
  • संवैधानिक परिषद सम्बन्धी विधेयक समितिबाट सर्वसम्मत पारित

संवैधानिक परिषद सम्बन्धी विधेयक समितिबाट सर्वसम्मत पारित

काठमाडौं । संवैधानिक परिषद सम्बन्धी विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ ।

यसअघि नेकपा एमालेले कुनै विषयमा सर्वसम्मतिबाट निर्णय हुन नसकेमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तिमा पचास प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्ने कि नगर्ने भन्ने विषयमा विवाद झिकेको थियो ।

यसअघि एमाले प्रतिपक्षमा हुँदा प्रधानमन्त्रीको मत अनिवार्य हुनुपर्छ भन्नेमा बिमति राख्दै आएको थियो । ‘र’ विवादमा अल्झियो संवैधानिक परिषद् विधेयक, सरकार पक्षमा, एमाले विपक्षमा

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था छ । तर नेकपा एमाले सत्तापक्ष भएपछि उक्त अडान छाडिदिएको छ । अब संसदीय समितिले सर्वसम्मत पारित गरेको विधेयक प्रतिनिधिसभा बैठकमा पेस गरिनेछ ।

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिले यो विधेयक पारित गरेको हो ।

धेरै टिप्पणी गरिएका