जोडिनुहोस
  • होमपेज
  • नेपालले भारतमा दैनिक ४०० मेगावाट बिजुली बेच्न थाल्यो

नेपालले भारतमा दैनिक ४०० मेगावाट बिजुली बेच्न थाल्यो

काठमाडौं – नेपालले भारतलाई दैनिक ५०० मेगावाट बिजुली पठाउन शुरू गरेको छ । नेपाल विद्युत प्राधिकरणले गत सोमबार (जेठ १४) रातिदेखि भारतीय ऊर्जा एक्सचेञ्‍ज (आइएक्स) मार्केटमा प्रतिष्पर्धी दरमा बिजुली बेच्न थालेको हो ।

वर्षायाम लागेसँगै र गर्मी बढेसँगै हिमालको हिउँ पग्लिएर खोला तथा नदीहरूमा पानीको बहाव बढ्दा यतिखेर नेपालका विद्युत गृहहरूमा उत्पादन बढेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतमा बेच्न थालेको हो ।

खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरु र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा ४ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको बताए । ‘खोला तथा नदीमा पानीको बहाव क्रमिक रुपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि बृद्धि भइरहेको छ भने पिक समयमा आन्तरिक खपत पनि दुई हजार मेगावाट पुगेको छ, विगत ७/८ वर्षअघि दैनिक रुपमा विद्युत् खपत एक/डेढ करोड युनिटको हाराहारीमा रहेकोमा हाल बढेर ४/साढे ४करोड युनिट पुगेको छ’, घिसिङले भने ।

‘आन्तरिक माग पूरा गरी अतिरिक्त भएको एक हजार देखि एक हजार २०० मेगावाट विद्युत् प्रतिष्पर्धी बजार र द्धिपक्षीय सम्झौता बमोजिम यस वर्ष निर्यात लक्ष्य राखिएको छ, निर्यात स्वीकृतिका लागि आयोजनाहरुको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष प्रस्ताव पठाइसकेका छौं,’ घिसिङले थपे

प्रचलन खबर

धेरै टिप्पणी गरिएका