जोडिनुहोस
  • होमपेज
  • माध्यामिक तहको समकक्षता प्रमाणपत्र अनलाइनबाटै

माध्यामिक तहको समकक्षता प्रमाणपत्र अनलाइनबाटै

काठमाडौं । माध्यामिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्र अनलाइनबाटै पाइने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रले नेपालमा सञ्चालित स्वदेशी वा विदेशी संस्था र बोर्डबाट शैक्षिक उपाधि हासिल गरी माध्यामिक तह (कक्षा १० र १२) सरह तथा कक्षा १० भन्दा तल्लो तह र कक्षाको मान्यता तथा समकक्षता पत्र अनलाइनमार्फत उपलब्ध गराउने भएको हो ।

केन्द्रको मान्यता तथा समकक्षता शाखाले शुक्रबार औपचारिक कार्यक्रम गरेर अनलाइनमार्फत प्रमाणपत्र दिने जानकारी गराएको हो । शाखा निर्देशक विष्णु ज्ञवालीले विद्यार्थीलाई सहज सेवा दिनको लागि अनलाइन सुविधा दिन थालिएको बताए ।

शाखाले यसअघि १ पुस २०७९ बाट अनलाइन आवेदन लिन थालेको थियो । प्रमाणपत्र लिन भने शाखा नै पुग्नुपर्ने व्यवस्था रहेको थियो । तर, अब भने विद्यार्थीलाई अनलाइनबाटै प्राप्त हुनेछ । र, विद्यार्थी आफैले प्रिन्ट गर्न सक्नेछन् ।

मान्यता तथा समकक्षताको प्रमाणपत्र विद्यार्थीले आवेदन दिएको ३ देखि ७ दिनभित्र प्राप्त गर्नेछन् । ‘विद्यार्थीको चाप अनुसार ढिलो चाँडो हुन्छ । आवेदन दिनेको संख्या थोरै भए ३ दिन वा त्योभन्दा पनि चाँडो हुन्छ भने बढी भए हप्ता दिनसम्म लाग्न सक्छ,’ शाखा प्रमुख ज्ञवालीले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका